तनाब ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न

संखुवासभा, २५ जेठ- युनाईटेड वर्ल्ड स्कुल्स नेपाल र कान्तिबाल अस्पताल काठमान्डौको मनोविमर्श शाखासंगको सहकार्यमा संखुवासभा जिल्लाको मादी नगरपालिमा “तनाब ब्यबस्थापन सम्बन्धि” भर्चुअल तालिम सम्पन्न भएको छ |

उक्त तालिममा मादी नगरपालिकाका ३४ ओटा सामुदायिक विद्यालयबाट ३१ जना शिक्षक् तथा कर्मचारी सहभागी भएका थिए | जेठ २४ गते सोमाबर २ घण्टा सम्म संचालन बहेको तालिमको सहजीकरण कान्तिबाल अस्पतालका  बरिष्ठ मनोचिकित्सक अन्जन कुमार ढकाल र संयोजक राम पुकार शाहले गर्नु भएको थियो | कोभिड- १९ को कारण विद्यालय बन्द भईरहेको अवस्थालाई मध्यनजर गर्दै यसले बालबालिका र शिक्षकमा पार्न सक्ने मनोबैज्ञानिक असरका बारेमा छलफल भएको थियो |

मादी नगरपालिकाको सन्दर्भमा सामुदायिक बिद्यालयका शिक्षकलाई यसरि भर्चुअल्ली तालिम तथा अन्तरक्रियाका कार्यक्रम गरिएको पहिलो पटक भएको प्रतिक्रिया दिँदै तालिमले शिक्षक् र विद्यार्थीमा आउन सक्ने तनाब पहिचान तथा ब्यबस्थापनमा सहयोगी सिद्द हुने कुरा मादी माविका शिक्षक् सुमन दाहालले बताउनु भयो | तनाब ब्यबस्थापन संबन्धि ज्ञान र यसको सीपले व्यक्तिको जीवनमा आइपर्ने तनाब ब्यबस्थापनमा ठुलो भूमिका खेल्ने  र अझै यस्ता कार्यक्रमहरुलाई  आगामी दिनमा पनि निरन्तरता दिन सके ग्रामिण समुदायमा काम गरीरहेका शिक्षकहरुलाई बालबालिकाको मनोभावना बुझ्न र त्यसको सहजीकारणमा भूमिका खेल्न सकिने उम्लिंग माविका शिक्षक योगेन्द्र  कुमार ओझाले बताउनु भयो |

युनाटेड वर्ल्ड स्कुल्स नेपालले गत हप्ता पनि धर्मदेवी नगरपालि संगको सहकार्यमा २० जना शिक्षकहरुलाई यो तालिम प्रदान गरेको थियो | युनाटेड वर्ल्ड स्कुल्स नेपालले काम गरिरहेका बिद्यालयमा  यस्ता खालका ल्कार्यक्रम नियमित रुपमा हुने गरेको भएता पनि अन्य सामुदायिक बिद्यालयमा समेत यस्तो तालिमको आबश्यकता रहेको महशुश गर्दै यो कार्यक्रममा सहकार्य गरिएको धर्मदेवी नह्गरपालिकाका शिक्षा, विज्ञान तथा प्रबिधि शाखाका प्रमुख सन्तोष कुमार कार्कीले जानकारी गराउनु भयो |

आगामी दिनमा पनि शैक्षिक क्षेत्रको सुधार र शिक्षकको पेशागत बिकासमा सहयोग पुग्ने खालका थप  प्रभाबकारी कार्यक्रमहरु लिएर आउने  युनाटेड वर्ल्ड स्कुल्स नेपालका एजुकेशन को-अर्डिनेटर आशिष अधिकारीले बताउनु भयो | संस्थाले बिगत ५ वर्ष देखि नै संखुवासभा र गुल्मी जिल्लाको शैक्षिक बिकासमा ४२ ओटा विद्यालय निर्माण गरी ६००० बालबालिकालाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेको छ |