भोजपुर, ३ असार- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ६ सय ७७ पुगेको छ । आज ४१ जना नयाँ थपिएसँगै संक्रमितको संख्या ६ सय ३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।
दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट २४ सय ३९जनाको परिक्षण गरिएकोमा ५ सय ७६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
भोजपुरमा हालसम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा १ सय ३४ जना कोरोना संक्रमित देखिएकाछन् । भोजपुरको भोजपुर नगरपालिकामा ११०, षडानन्द नगरपालिकामा ८६, हतुवागढीमा ९९, आमचोकमा २८, पौवादुम्मामा १५, अरुणमा १३०, साल्पा सिलिंछोमा ३५ र टेम्के मैयुंगमा ४० जना संक्रमित भएकाछन् ।
भोजपुरमा २ सय ३९ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर १६ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ९ जना र २३० जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर कोभिडवाट ५ जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुरमा हाल सम्म ४ सय १८ जना कोरोना संक्रमण मुक्त भएकाछन् । भोजपुरमा हाल सम्म षडानन्द नगरपालिकामा ७५ जना, भोजपुरमा ६१, आमचोकमा २६, अरुणमा ६२, साल्पा सिलिंछोमा ६, टेम्के मैयुंगमा ४० ,पौवादुम्मा ८, राम प्रसाद राईमा १०५ र हतुवागढी गाउँपालिकामा ६३ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।