भोजपुरमा कोरोना जित्नेको संख्या ५ सय नजिक , कुन पालिकामा कतिले जिते ?

भोजपुर, ४ असार- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित भएका मध्ये निको हुनेको संख्या ५ सय नजिक पुगेको छ । आज थप २८ जना निको भएसँगै निको हुने संक्रमितको संख्या ४ सय ८६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ वाट मुक्त हुनेमा भोजपुरमा नगरपालिकामा ८० जना, षडानन्दमा ७५ जना, आमचोक गाउँ पालिकामा २६, अरुणमा ७०, साल्पा सिलिंछोमा११, टेम्के मैयुंगमा २१ ,पौवादुम्मा ९, राम प्रसाद राईमा ११९ र हतुवागढी गाउँपालिकामा ७५ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

दोस्रो लहरको कोभिड १९ मा जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट २७ सय २ जनाको परिक्षण गरिएकोमा ६ सय ४९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै राम प्रसाद राई गाउँपालिकामा १ सय ३६ जना कोरोना संक्रमित देखिएकाछन् । भोजपुरको भोजपुर नगरपालिकामा ११८, षडानन्द नगरपालिकामा ८६, हतुवागढी गाउँ पालिकामा १२३, आमचोकमा ३२, पौवादुम्मामा १५, अरुणमा १३०, साल्पा सिलिंछोमा ६४ र टेम्के मैयुंगमा ४६ जना संक्रमित भएकाछन् ।

भोजपुरमा २ सय ४० जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर १८ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ५ जना र २३५ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर कोभिडवाट ७ जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।