भोजपुरमा कोरोना संक्रमितको संख्या ९ सय वढि , कुन पालिकामा कति संक्रमित ?

भोजपुर, १३ असार- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ९ सय २० पुगेको छ । आज २२ जना नयाँ थपिएसँगै संक्रमितको संख्या ९ सय २० पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ को जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ३२ सय ३१ जनाको परिक्षण गरिएकोमा ८ सय १९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै साल्पा सिलिंछो गाउँपालिकामा १ सय ५६जना कोरोना संक्रमित देखिएकाछन् । भोजपुरको भोजपुर नगरपालिकामा १२६, षडानन्द नगरपालिकामा ८७, हतुवागढीमा १४५, आमचोकमा ४१, पौवादुम्मामा १६, अरुणमा १३०, राम प्रसाद राईमा १४४ र टेम्के मैयुंगमा ७५ जना संक्रमित भएकाछन् ।

भोजपुरमा ३ सय ७ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर २० जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा ५ जना र ३०२ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुर कोभिडवाट ७ जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा हाल सम्म ५ सय ८७ जना कोरोना संक्रमण मुक्त भएकाछन् ।कोरोना संक्रमण मुक्त हुनेमा षडानन्द नगरपालिकामा ८० जना, भोजपुरमा ८७, आमचोकमा २६, अरुणमा ११२, साल्पा सिलिंछोमा १६, टेम्के मैयुंगमा ३६ ,पौवादुम्मा १५, राम प्रसाद राईमा १४४ र हतुवागढी गाउँपालिकामा ८४ जना कोरोना मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।