भोजपुरमा कोरोना संक्रमितको संख्या ९९९ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर, १९ असार- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या ९ सय ९९ पुगेको छ । आज ५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ सय ९९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ को जम्मा ३ सय ८५ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ३४ सय ७१ जनाको परिक्षण गरिएकोमा ८ सय ९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै साल्पा सिलिंछो गाउँपालिकामा १ सय ७२ जना कोरोना संक्रमित देखिएकाछन् । भोजपुरको भोजपुर नगरपालिकामा १५५, षडानन्द नगरपालिकामा ८७, हतुवागढीमा १५५, आमचोकमा ४३, पौवादुम्मामा २१, अरुणमा १३०, राम प्रसाद राईमा १४५ र टेम्के मैयुंगमा ९१जना संक्रमित भएकाछन् ।

भोजपुरमा २ सय ५ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेकाछन् । जिल्ला वाहिर ३१ जनालाई उपचारको लागि पठाईएको छ भने संस्थागत आईसोलेसनमा १२ जना र १९३ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुरमा कोभिडवाट ७ जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा हाल सम्म ७ सय ५९ जना कोरोना संक्रमण मुक्त भएकाछन् ।कोरोना संक्रमण मुक्त हुनेमा षडानन्द नगरपालिकामा ८६ जना, भोजपुरमा १०३, आमचोकमा ३०, साल्पा सिलिंछोमा ८६, टेम्के मैयुंगमा ६१ ,पौवादुम्मा १५, राम प्रसाद राईमा १४० र हतुवागढी गाउँपालिकामा १०८ जना कोरोना मुक्त भएको र अरुण गाउँपालिकामा १३० जनामा सवै संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।