भोजपुरका ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री

काठमाडौं- भोजपुरको षडानन्द ननगरपालिकाका स्थायी वासिन्दा तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बनेका छन् ।

शीतलनिवासमा केहीबेर अघि कार्कीले राष्ट्रपतिबाट सपथ लिएकाछन् । अर्थ मन्त्रालय नेकपा माओवादी केन्द्रले पाउने भएपछि कार्कीले कानून मन्त्रालयको जिम्मेवारी पाएका हुन् । कार्की यसअघि देउवा सरकारमा अर्थमन्त्री भइसकेका छन् ।  भोजपुरवाट पटक पटक पराजित भएका कार्की २०७४ को निर्वाचनमा सुनसरीवाट टिकट लिएर निर्वाचित भएका थिए ।

देउवा सरकारमा आज कार्कीसँगै, गृहमन्त्रीमा बालकृष्ण खाँड, अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भूसालले सपथ लिएकाछन् ।