भोजपुरमा कोरोना संक्रमितको संख्या १४०२ पुग्यो, कुन पालिकामा कति ?

भोजपुर, १५ साउन- भोजपुरमा दोस्रो लहरको कोभिड १९ वाट संक्रमित हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ । आज १५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ४ सय २ पुगेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिए ।

दोस्रो लहरको कोभिड १९ को जम्मा ३ सय ९६ जनाको पिसिआर संकलन गरिएको छ । जसमध्ये १ सय ३ जनाको को कोरोना रिपोर्टपोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परिक्षण विधिवाट ४४ सय १५ जनाको परिक्षण गरिएकोमा १२ सय ९९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

भोजपुरमा हालसम्म सवैभन्दा धेरै भोजपुर नगरपालिकामा ३ सय ५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको षडानन्द नगरपालिकामा १२२, हतुवागढीमा १९२, आमचोकमा ६०, पौवादुम्मामा ३२, अरुणमा १५९, राम प्रसाद राईमा १६२,साल्पा सिलिंछो गाउँपालिकामा १७७ र टेम्के मैयुंगमा १३९ जना संक्रमित भएकाछन् ।

भोजपुरमा हाल १ सय ७४ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत् रहेकाछन् । जिल्ला वाहिर ३६ जनालाई उपचारको लागि पठाईएको छ । जिल्लामा संस्थागत आईसोलेसनमा ३ जना र १७१ जना होम आईसोलेसनमा रहेकाछन् । भोजपुरमा कोभिडवाट ८ जनाको मृत्यु भएको जिल्ला स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा हाल सम्म ११ सय ८९ जना कोरोना संक्रमण मुक्त भएकाछन् ।कोरोना संक्रमण मुक्त हुनेमा षडानन्द नगरपालिकामा ११८ जना, भोजपुरमा २१३, आमचोकमा ४५, साल्पा सिलिंछोमा १७५, टेम्के मैयुंगमा १२९ ,पौवादुम्मामा १२९, राम प्रसाद राईमा १४९,अरुण गाउँपालिकामा १५१ जना र हतुवागढी गाउँपालिकामा १८१ जना कोरोना मुक्त भएका छन् ।