भोजपुरका २ युवक अवैध गाँजा सहित पक्राउ

भोजपुर- भोजपुरका दुई युवक अवैध लागू औषध गाजा सहित पक्राउ परेकाछन् । उदयपुरको बेलका नगरपालिका- ८ बाट २ केजी २ सय ग्राम गाँजा सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका-८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई रहेका छन । इलाका प्रहरी कार्यलय रामपुरठेक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलिले उनिहरुलाइ पक्राउ गरेको हो । को १ ज ४५९ नम्बरको बोलेरोमा प्रहरीले चेकजाँच गर्ने क्रममा २ वटा कपडाको झोलामा गाँजा फेला पारेको हो ।

पक्राउ परेका दुबै जनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।