भोजपुरका ज्वालाराईलाई जिताउन खोटाङ्गमा अभियान

प्रतिष्ठित रियालिटि शो भ्वाईस अफ नेपालको फाईनल राउण्डमा पुग्न सफल भोजपुरका ज्वाला राईलाई विजयी गराउन खोटाङ्गमा अभियान शुरु गरिएको छ । राईलाई विजयी गराउन १०१ सदस्यिय समिति गठन गरिएको प्रेश विज्ञप्ती मार्फत जानकारी गराईएको हो ।

एल वि मगर संयोजक, प्रतिमा केशी सदस्य सचिव र उदिम चाम्लिंग सह संयोजक द्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा छिमेकी जिल्ला भोजपुरका संगितका नक्षत्र ज्वाला राईलाई विजयी गराउन मोवाईलको म्यासेज वक्समा गएर 06 टाईप गरि 37000 मा पठाउन तथा प्रभु पे को एप डाउनलोड गरेर धेरै भोट हालिदिन सर्व साधारणमा अपिल गरिएको छ ।