प्रवासमा रहेर समाजसेवामा सक्रिय भोजपुरे चेली सुनिता गुरुङ

कुनै समयका चर्चित सामाजिक अभियान्ताहरु पछिल्लो समय आर्थिक पारदर्शिता नहुँदा विवादमा परिरहेकाछन् ।  नाम चलेका अभियान्तालेनै रकम संकलन गरेर अनियमितता गरेको गुनासोका समाचार सार्वजानिक भएपछि अभियान्ताहरुको नियतमानै प्रश्नचिन्ह खडा भएकाछन् । तर भोजपुरे चेली सुनिता गुरुङ भने प्रवासमा रहेरपनि आफ्नै बलबुताले विगत ११ बर्षदेखि मात्रृभूमिका गरिव, दुःखीलाई निरन्तर सहयोग उनिहरुको मनमुटुमा वस्न सफल भएकीछिन् ।

समाजसेवी गुरुङले मुलपानी उपस्वास्थ्य चौकीलाई उपलब्ध गराएको माक्स, अक्सिमिटर, स्टिमर पिपिई सेट लगायतका स्वास्थ्य सामाग्री प्रदान गर्दै किराँत राई यायोख्खा दिंला शाखाका अध्यक्ष यंङ्गराज राई र  सचिव साङ्गदेम्मा राई ।

वैदेशिक रोजगारीको सिलसिलामा विगत १५ वर्षदेखि इजरायलमा रहेकी गुरुङले आँफुलाई मनकारी र सहयोगी व्याक्तित्वका रुपमा प्रमाणित गरिसकेकी छिन् । मानव भएर जन्मिएपछि आफ्नो लागि मात्रै नभएर अन्यको लागि पनि कर्म गर्नुपर्छ भन्ने उनको धारणा छ । उनले व्याक्तिगत रूपमा ३० लाख रुपैयाँभन्दा बढी समाजसेवाको नाममा गरिव दुःखीलाई सहयोग गरेकी छिन् ।

सहयोगी, मिलनसार तथा मिहिनेती गुरुङले पन्ध्र वर्षे आफ्नो प्रवासी जीवनमा नेपाली रुपैयाँ सत्तरी लाख बढी रकम संयोजन गरेर जिम्मेवार र पारदर्शी सामाजिक अभियान्ताको रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् ।

अरुका लागि बाच्न सकौं

समाजसेवी गुरुङले प्रवासमा रहेर आफुले कमाई बचाएर नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा दुःखमा परेका नेपाली लाइ निरन्तर सहयोग गर्दै आएकी हुन् । समाजसेवामा रुचि भएकी गुरुङ आफ्ना लागि त सबै जना बाचेकै छन् तर मनकारी मानिस अरुका लागि बाच्न सकौं भन्ने उदेश्यका साथ समाजसेवामा लागेको बताउँछिन् ।

प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि निरन्तर आफ्नो कमाई खर्चिदै आएकी छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सहयोग गर्दै आएकी गुरुङले आफुले अध्ययन गरेको धरान स्थित श्री शिक्षा सदन मा.बिको भवन निर्माण निर्माणका लागि आर्थिक सहयोग गरेकी छन् ।

त्यससँगै नमुना अध्ययन घर कैलालीमा अक्षकोष कोषलाई पच्चिस हजार आर्थिक सहयोग गरेकी छन् । मोरङको बेलवारी स्थित सुकुम्बासी बस्तिका पीडित बालबालिकाहरुलाई २० हजार,नेपाली दूतावास इजरायलको समन्वयमा नेपालमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री पठाउन सहयोगको लागि पचास हजार, सिन्धुपाल्चोक बाढी पीडितलाइ पचास हजार , पत्रकार रबि लामिछानेको पहलमा संचालित जनमैत्री हस्पिटललाइ बीस हजार,सहयोग उपलब्ध गराएर इजरायलको नेपाली समुदायमा एक उदाहरणीय समाजसेवीको पहिचान बनाएकी छन् ।

गुरुङकै ब्यक्तिगत सहयोगमा कैलालीको सुकुम्बासी बस्तीमा २ वटा चर्पी निर्माण समेत गरेकी छन् । हाम्रो टिम नेपालद्वारा संचालित काठमाडौंमा बन्दै गरेको बिरामी कुरुवा घरको लागि ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छन् ।

त्यस्तै पत्रकार राजन नेपाल द्वारा निर्मित हस्पिटल बीस हजार, अतरिया बालगृहको लागि ५० हजार बराबरको सामग्री सहयोग, बन्दको बेला खानाबाट बन्चित कैलालिका मजदुरलाइ खाना खुवाउन २० हजार ,सहयोग उपलब्ध गराएर एक मनकारी सहयोगी व्याक्तित्वको परिचय कायम गर्न सफल भएकी छन् ।

उनले आफ्नो माईती जिल्ला भोजपुरमा समेत विभिन्न सामाग्री सहयोग गरेकी छिन् । क्यान्सर, मिर्गौला पिडीतका साथै विभिन्न रोगवाट ग्रसित गरिवहरुलाई यस अघि पटक पटक सहयोग गर्दै आएकी गुरुङले हालसालै अरुण गाँउपालिकाको एम्वुलेन्सकोलागि अक्सिजन, याकु को स्वास्थ्य चौकी र मुलपानी उप स्वास्थ्य चौकीको लागि माक्स, अक्सिमिटर, स्टिमर पिपिई सेट लगायतका विभिन्न स्वास्थ्य सामाग्री को साथै विश्व विद्योदय विद्यालयको विद्यार्थीकालागि चप्पल उपलव्ध गराएकीछिन् ।

जातीय विभेदले समाज सेवा

सुनीता गुरुङको जन्म भोजपुरको पुरानो बजार ट्क्सारमा भयो । उनका बुवा पुर्ण लाल उदास र आमा बेधा कुमारी उदास ( राई ) को अन्तर्जातिय विवाह भएको थियो । तात्कालिन समयमा समाजमा जातीय विभेद विकराल रहेको उनको स्मरण छ । त्यो समयमा नेवारले राई विवाह गरेपछि नेवार समुदाय ले हेर्ने नजर नै अलग रहेको गुरुङ वताउछिन् । उनिहरुलार्इ आमा राई भनेर स्थानिय नेवार समुदायले धारा मा पानी लिन जादा हामी हिडेको बाटो पानी छ्म्केर चोखाउदै हिड्ने गरेको स्मरण गर्छिन् । यस्तै विभेद्का घट्नाले आँफुलाई समाजसेवामा लाग्न प्रेरित गरेको उनले वताईन् ।

एनआरएनए इजरायलको बर्तमान उपाध्यक्ष समेत रहेकी गुरुङ जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा मान्दछिन् । समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी रहने उनको बिश्वास छ ।