मुख्यमन्त्री राईद्वारा ईटहरीमा बहुजातिय संग्राहलयको शिलान्यास

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले ईटहरीमा बहुजातिय संग्राहलयको शिलान्यास गरेकाछन् । इटहरी उपमहानगरपालिका १० आमझोकीमा १७ करोड १५ लाखको लागतमा निर्माणहुने संग्राहलयको आज एक कार्यक्रमका विच मुख्यमन्त्री राईले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राईले इटहरी उपमहानगरमा यो अत्यन्तै अत्यन्तै सह्रानिय कार्य हुन लागेको वताए। संग्राहलयका कारण यो क्षेत्रमा अरु विकास गतिविधि पनि बढने मुख्यमन्त्री राईको भनाई छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले संग्राहलय तीन आर्थिक वर्षमा सम्पन्न हुने गरि इटहरीको गौरवको योजना भएको वताए । यो क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउने उदेश्यले संग्राहलय निर्माण गर्न लागिएको प्रमुख चौधरीले वताए ।

संग्राँहलय दुई विगाहा क्षेत्रफलमा निर्माण हुनेछ भने भवन तीनतले हुने छ । भवनमा २५ वटा प्रदर्षनी कक्ष हुनेछन । एउटा ब्यवस्थित पुस्तकालय,मल्टिप्रपोज मिटिङ्गहल,पार्किङ्ग,फाउण्डेसन, थारु ग्राम पनि संग्राहलयमा निर्माण गरिने उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।