पौष १६ गतेवाट वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने

दिंला- भोजपुरको षडानन्द नगरपालिका- ३ चाम्लादांगमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । चिचिला चाम्लादांग खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना हुने षडानन्द नगर खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिताका सल्लाहकार संयोजक सिताराम गुरुंगले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद २० हजार, मेडल र प्रमाण पत्र, द्वितीयले नगद १५ हजार, मेडल र प्रमाण पत्र, र्ततीयले नगद १० हजार, मेडल र प्रमाण पत्र र सान्त्वनाले नगद ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । षडानन्द नगरपालिका- ३ को चाम्लादांग खेलमैदानमा हुने प्रतियोगिता लिक कम नक आउटको आधारमा खेलाईने आयोजकले जनाएको छ ।

१ लाख वढि खर्च हुने प्रतियोगितामा देश तथा विदेशमा रहने खेलप्रेमी दाता हरुको आर्थिक सहयोगमा सञ्चालन हुने आयोजकले जनाएको छ ।