बैंकको ढिलासुस्तीले सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

दिंला– स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि भोजपुरको षडानन्द नगरपालिकाका लाभग्राहीले भत्ता लिन सास्ती खेप्नु परेको छ । एन आईसी एसिया बैंकले ढिला सुस्ती गर्दा लाभग्राहीलाई सास्ती भएको लाभग्राहीको आरोप छ ।

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिले सास्ती भोग्नु परिरहेको अवस्थामा एन आईसी एसिया बैंक दिंला शाखाले नगरपालिकाले बैंकमा भत्ता जम्मा गरेको भत्ता ३ महिना वित्न लाग्दा पनि वितरणमा ढिला सुस्ती गर्दा अझ सास्ती खेप्नु परेको हो ।

घण्टौं हिनेर पटक पटक बैंकमा धाउँदा पनि सेवा नपाउँदा सास्ती खेप्नु परेको सेवाग्राहीको गुनासो छ । पटक पटक बैंकमा धाउँदा र होटलमा खाना खाजा खाँदा भत्ताले पनि नपुग्ने अवस्था भएको षडानन्द नगरपालिका २ की बृद्धा सेतीमाया राईले गुनासो पोखिन् ।

बैंकले विभिन्न वहानामा सेवाग्राहीलाई दुःख दिने गरेको खुलेको छ । बैंकले कहिले कागज पत्र नमिलेको , कहिले बैंकमा भत्तानै जम्मा नभएको भन्ने वहानामा दुःख दिईरहेको षडानन्द नगरपालिका १४ बोयाका एक बृद्धले गुनासो गरे । उनले दिंला बजारमा ५ दिन सम्म वसेर प्रक्रिया अगाडि वढाउँदा हजारौं खर्च भएको तर भत्ता नपाएको गुनासो गरे ।

बैंककै लापर्वाहीका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ठिलासुस्ती भएको षडानन्द नगरपालिकाले जनाएको छ । पटक पटक ताकेता गर्दापनि बैकले वेवास्ता गरेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम वस्नेतले वताए । उनले भने नगरपालिकाले असोज १८ गतेनै बैंकको खातामा पहिलो किस्ताको भत्ता वापतको रकम जम्मा गरिदिएको हो ३ महिना वित्न लाग्दा अहिले सम्म पनि विभिन्न वहानामा अहिले सम्मपनि भुक्तानि गरेको छैन।

यता एनआईसी बैंक शाखा दिंलाले भने लाभ ग्राहीले भरेको फर्म स्क्यान गर्न टाईम लागेको कारण ढिला सुस्ती भएको जनाएको छ । पुस भित्रमा फास्ट ट्रयाकवाट पहिलो किस्ताको भत्ता वितरण गरिसक्ने बैकले वताएको छ । तत्काललाई समस्या समाधान गर्न एक पटकको लागि एप्रोभल लिएर तत्काल भत्ता वितरण गरिने दिंला शाखाका मेनेजर दिपन दाहालले खवरट्वीटलाई वताए । उनले भोजपुर शाखा सँगको सहकार्यमा फर्म स्क्यानको लागि सहकार्य गरि दोस्रो किस्ताको लागि लागि सहजहुने गरि काम अघि वढाईएको पनि वताए ।

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि पछिल्लो समय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् । एन आईसी दिंला शाखालाई षडानन्द नगरपालिकाले वडा नम्वर १,२,३,९, १३ र १४ का १२ सय २८ जना लाभग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अवसर दिएको छ ।