एमाले संखुवासभा अध्यक्षमा घिमिरे सर्वसम्मत, जिल्ला कमिटीमा को-को परे ? हेनुस् (नामावली)सहित

नेकपा एमाले संखुवासभाको अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत चयन भएका छन् । अघिल्लो कार्यसमितिका अध्यक्ष रहेका घिमिरे पुनःअध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

एमालेको बुधबार साँझसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको हो । जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उप सचिवमा ओङ्दावे भोटे र भरत खड्कासहित ९१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

२६ गते ८ औँ जिल्ला अधिवेशन पार्टी अध्यक्ष केपी शर्माद्वारा उद्घाटन भएको थियो ।