माघेमेला वडा स्तरीय खुल्ला पुरुष-महिला भलिवल प्रतियोगितामा षडानन्द नगरपालिकाका टीमको वर्चस्व

कुलुंग- भोजपुरको साल्पासिलिंछो गाउँपालिका १ र २ ले संयुक्त रुपमा आयोजना गरेको माघेमेला वडा स्तरीय खुल्ला पुरुष महिला भलिवल प्रतियोगितामा षडानन्द नगरपालिकाका टीमले वर्चस्व कायम गरेकाछन् । शनिवार सम्पन्न फाईनल खेलमा पुरुष र महिला दुवै तर्फको उपाधिको साथमा पुरुष तर्फ दोस्रो र तेस्रो स्थान समेत जित्दै प्रतियोगितामा वर्चस्व कायम गरेकाहुन् ।

प्रतियोगिताको पुरुष तर्फको फाईनलमा षडानन्द नगरपालिकाकै २ टीम भिडेका थिए । फाईनलमा पुरुष तर्फ षडानन्द नगरपालिका १ नेपालेडाँडाले नगरकै २ नम्वर वडा कुदाककाउलेलाई सोझो सेटमा २५-१५,२५१८ र २५१४ ले पराजित गर्यो । त्यस्तै महिला तर्फको फाईनलमा षडानन्द नगरपालिका- ३ खार्ताम्छाले संखुवासभा सिलिचोंग गाउँपालिका सिसुवाको टीमलाई २१-२५,२५-१७ र २५-१८ को सेटममा पराजित गर्दै उपाधि चुम्यो ।