भोजपुरमा कार्यरत नविन श्रेष्ठ यस महिनाको उत्कृष्ट ट्राफिक प्रहरी

प्रदेश नं १ ट्राफिक प्रहरी कार्यलय इटहरीले यस महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको पुरस्कार नबिन श्रेष्ठ लाई प्रदान गरेको छ। ट्राफिक ब्यबस्थापन एब दुर्घटना न्यूनीकरण को लागि आम सडक प्रयोगकर्ता मा ट्राफिक सचेतना अभिबृदी गराउने कार्य गरेको भन्दै प्रदेश कै उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो।

श्रेष्ठले आफुलाइ दिएको जिम्मेवारी सँँगसगै बिभागिय नितिनिर्देशन, ज्ञान सिप, कौशलताको अधिकतम प्रयोग गरि उत्कृष्ट ढंग बाट ट्राफिक जनचेतनामुलक कार्यक्रम सन्चालन गरेको हुँदा अभिलेखमा जनिनेगरी पुरस्कार प्रदान गरिएको प्रदेश नं १ ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ। बिद्यार्थी प्रशिक्षण, सडकमै चालक सहचालक यात्रु २ मिनेट प्रशिक्षण, चेतनामुलक होर्डिङ बोर्ड, गाउँ गाउँ मा ट्राफिक प्रहरी लगायतका चेतनामुलक कार्यक्रम संचालन गर्दै आएका छन्।

श्रेष्ठ एक वर्षदेखि ईलाका प्रहरी कार्यालय दिङ्लामा कार्यरत छन् । उनले पुरस्कार स्वरुप नगद ५ सय रुपैंया प्राप्त गरेकाछन् ।