वडाले गर्यो ज्येष्ठ नागरिक र अपाङ्गको सम्मान

दिंला,१७ माघ- भोजपुरको षडानन्द नगरपालिका ६ ले ज्येष्ठ वडाका ज्येष्ठ नागरिक तथा अपाङ्गलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि वडाका ८९ जनालाई वडाले ब्लाङकेट वितरण सहित सम्मान गरिएको वडा कार्यालयका फिल्ड सहायक मिलन विक्रम वस्नेतले जानकारी दिए ।

सम्मानित हुनेमा ७५ बर्ष माथिका ६५ जना ज्येष्ठ नागरिक,१४ जना पुर्ण अशक्त अपाङ्ग र १० जना अशक्त अपाङ्ग रहेकाछन् । कार्यक्रम सम्मान कार्यक्रमको सुरुवात वडाकी सबैभन्दा बृद्धा ९५ बर्षिया बिष्णुमाया श्रेष्ठलाई वडाध्यक्ष तथा वडा सदस्यले ब्ल्याङकेट एक थान, बिस्कुट एक थान र अबिर र माला लगाएर सम्मान गरेका थिए । सम्मानित सवैलाई जनही एक थान ब्लाङकेट र बिस्कुटको साथै अबिर र माला लगाएर ८९ जनालाई सम्मान गरिएको हो । आगामी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गर्नु पर्ने सम्मानित नागरिकहरुको भनाई छ। सम्मानित भएकोमा स्थानिय सरकारको अनुभुति भएको महशुस भएको र खुसी लागेको सम्मानितको प्रतिक्रिया छ ।

समाजमा लामो समय योगदान दिएर समाजलाई यो अवस्था सम्म ल्याउनको लागि योगदान दिनुहुने बृद्ध, बृद्धाको योगदानको कदर गर्दै सम्मान गरिएको वडाध्यक्ष सुजन राईले वताए । उनले समाजमा रहेका फरक क्षमता भएका नागरिक र बृद्ध, बृद्धालाई स्थानिय सरकार रहेको अनुभुति दिदैं केहि राहत होस भन्ने उद्देश्यले ब्लाङकेट वितरण गरि सम्मान गरिएको वताए ।

वडा अध्यक्ष सुजन राईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम वडा सचिव उपेन्द्र भट्टले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य . वडा सदस्य कुमार कट्वालले राखेका थिए । कार्यक्रममा वडा सदस्य भवानी शंकर लम्साल,मिना बिष्ट , रिता चर्मकारको समेत उपस्थिति रहेको थियो ।

वडाले यस अघिका बर्षहरुमा फरक क्षमता भएका नागरिक र बृद्ध, बृद्धालाई खाद्यान्न तथा नगदद्वारा सम्मान गर्दै आएको थियो ।