बालविकास कक्षा संचालन सम्बन्धी आधारभूत तालिम सम्पन्न ।

संखुवासभा, १९ माघ २०७८
संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं ९, त्रिशुलेमा रहेको सरस्वती आधारभूत विद्यालय ९ युडब्लुएस त्रिशुले मा १ दिने बाल बिकास कक्षा संचालन सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।


तलिममा उक्त विद्यालयका ६ जना र सोहि वडाको पन्चकन्या आधारभूत विद्यालय ९यु।डब्लु।एस। खाम्लीङ बाट एक जना गरी जम्मा ७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम पाएपछी शिक्षकहरुलाई युडब्लुएस नेपालले उपलब्ध गराउंदै आएको शैक्षिक सामाग्री प्रयोग गरी बालकक्षा ब्यबस्थापन, कक्षाकोठा सजावट र शिक्षण सिकाई क्रियाकलाप सम्बन्धि थप नयाँ विधिको बारेमा जानकारी भएको विद्यालयकी प्रधानाध्यापक मनमाया तामाङले बताएकी छन ।
तलिमको सहजीकरण युडब्लुएस नेपालका शिक्षा अधिकृत अमृत ढकाल र युडब्लुएस कल्लेरीकी स्वयंसेवक शिक्षक अनिशा पाण्डेले गरेका थिए । ढकालका अनुसार दैनिक पाठयोजनाको निर्माण र बाल बिकास कक्षा संचालन सम्बन्धि आधारभूत तालिमलाई संखुवासभा जिल्लामा युडब्लुएस नेपाल सँग सहकार्य गरी संचालनमा रहेका सबै ४१ वटा नै विद्यालयहरुका बाल सहयोगी शिक्षकहरुलाई तालिम दिने कार्यक्रम रहेको जानकारी दिएका छन । हालसम्म ७ वटा विद्यालयका ७२ जना शिक्षकलाई विभिन्न शिर्षकमा तालिम प्रदान गरिसकिएको छ ।