कला राईको नयाँ गीत ‘आउछु भन्दै’ सार्वजनिक (भिडियो)

भोजपुर- चर्चित गायिका कला राईको स्वरमा रहेको आधुनिक गीत ‘आउछु भन्दै’ सार्वजनिक भएको छ । सञ्जय बरालको शब्द रहेको गीतलाई संगीतकार रुवेन शाहीले संगीत भरेका छन् ।

यस गीतमा गायिका राईले नै अभिनय गरेकी छन् भने भिडियोलाई अनिल कटुवलले निर्देशन गरेका हुन् । गायिका राईले आफ्नै अफिसियल युट्युब च्यानल (कला राई अफिसियल)मार्फत् गीतलाई सार्वजनिक गरेकी छन् ।

‘ए नि लै लै, छोरीको जीवन उडाइ लान्छ रेलले’ बोलको गीतबाट आफ्नो सोलो गायन यात्रा सुरुवात गरेकी गायिका राई २०५७ सालको देशव्यापी लोक गीत प्रतियोगितामा प्रथम भएकी थिइन् ।