भोजपुरमा माओवादीबाट निर्वाचित वडाअध्यक्ष एमालेमा प्रवेश

भोजपुर- भोजपुरमा माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष सदस्य सहित विभिन्न पार्टी परित्याग गरि एमालेमा ७२ जनाप्रवेश गरेका छन । टेम्केमैयुम गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य नेपाल निर्वाचित वडा सदस्यहरु सहितएमाले प्रवेश गरेकाहुन । उनि नेकपा माओवादी भोजपुरका सचिवालय सदस्य एवं तत्कालिन माओवादी जनसरकारका जिल्ला सचिव समेत रहेका थिए ।

एमाले प्रवेश गर्नेहरुमा वडा सदस्य भगवान पुरी, माओवादी टेम्केमैयुम गाउँपालिका सदस्य गोविन्द पुरी, वडा उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ,सचिव सन्दिप पुरी लगायत ६० जना रहेका छन । यसै गरि नेपाली काग्रेसबाट वडा सदस्यकोे उमेद्धार बनेकी अम्बिका रम्तेलले पनि पार्टी परित्याग गरि एमाले रोजेकी छिन । जनता समाजवादी पार्टीका संभव राई पनि नेकपा एमालेमा प्रवेश गरेको टेम्केमैयुम गाउँ कमिटी अध्यक्ष सुनिल राईले बताए । यो संगै माओवादीको टेम्केमैयुम गाउँपालिकामा निर्वाचितजनप्रतिनिधि शुन्य भएको छ ।

एमाले प्रवेशगर्दै वडा अध्यक्ष सुर्य नेपालले अवको विकल्प नेकपाएमाले मात्रभएको र गाउँपालिकाको विकास एमालेले मात्र गर्ने भएको कारण आफुहरु एमालेमा प्रवेश गरेको बताए । नेकपा एमाले भोजपुर काअध्यक्षले विभिन्न पार्टी परित्याग गरि एमालेमाप्रवेश गर्नेहरुलाई उचितजिम्मेवारि प्रदानगरिने बताएका थिए । केन्द्रीय सदस्य हरीबहादुर राईले राजनीतिक, वैचारिक र सांगठानिक रूपमा सबल र सक्षम पार्टी एमाले भएकोले अवको निर्वाचनमा बहुमत पार्टी हुने बताए । एमाले विरुद्धभएको घेराबन्दी चाडै तोडिने समेत बताए ।

एमाले प्रवेश गर्नेहरुलाई नेकपाएमालेका केन्द्रिय सदस्यतथाभोजपुर इन्चार्ज हरिबहादुर राई , जिल्ला अध्यक्ष शरण राई , टेम्केमैयुम गाउँपालिका अध्यक्ष धुव्र राई लगायतले पार्टी प्रवेश गराएकाथिए ।