संखुवासभामा मृग मारेको आरोपमा एकजना पक्राउ

संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका –७ वालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घरभई हाल चैनपुर –७ फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।

प्रहरी निरिक्षक खतिवडाका अनुसार रतुवा मृग मार्न श्रेष्ठलाई प्रहरी भरुवा बन्दुकसहित चैनपुर –७ को वालेश्वरबाट पक्राउ गरेको बताए। अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले आइतबार दिउँसो अन्दाजी साढे ३ बजे बोरामा लुकाई राखेको रतुवा मृग सहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरिक्षक खतिवडाले बताए।

रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुक समेत फेला प्रहरी प्रहरी निरिक्षक खतिवडाले बताए। थप अनुसन्धानको लागि रतुवा मृत चैनपुर सब डिभिजन बन कार्यालय पोखरी पठाइएको प्रहरी निरिक्षक खतिवडाले बताए। पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइएरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।