
भोजपुरको षडानन्द नगरपालिका- ६ लम्सुवामा कुलो निर्माण सुरु भएको छ । स्विस सरकार, नेपाल सरकार, प्रदेश नम्वर १ सरकार र षडानन्द नगरपालिकाको संयुक्त लगानीमा खकुवा लम्सुवा सिंचाई जल उपभोक्ता संस्थाले कुलो निर्माण सुरु गरेको वडा नम्वर ६ का वडाध्यक्ष सुजन राईले जानकारी दिए ।
७३ लाख ६१ हजार ९ सय १३ मा निर्माण हुने खकुवा लम्सुवा कुलो निर्माणको लागि स्वीस सरकारवाट २२ लाख ८ हजार ५ सय ७४ सङ्घीय सरकार बाट १४ लाख ७२ हजार ३ सय ८२ प्रदेश १ सरकार बाट १४ लाख ७२ हजार ३ सय ८२ स्थानिय सरकार बाट १४ लाख ७२ हजार ३ सय ८२ र स्थानीय उपभोक्ता बाट ७लाख ३६हजार १९१ विनियोजन भएको छ ।
कुलो २५४३ मीटर लामो हुनेछ भने ९ सय ९९ मीटर आरसीसी ढलान गर्नु पर्ने उपभोक्ता समितिका सदस्य धन बहादुर मंग्रातीले बताए । कुलो निर्माण प्रक्रियाको लागि बर्खाको पानीले असर पर्ने भएको ले विभिन्न ठाउँमा मेसीनरी वाल ३१ घन मीटर विभिन्न ठाउँमा त्यसै गरी ५ ओटा खोल्सामा सुपर प्यासेज , आउट लेट ११ ओटा विभिन्न ठाउँमा निर्माण गर्नु पर्ने सचिव राजेश श्रेष्ठ ले बताए । कुलो ले १२ सय ६० रोपनी जग्गा मा धान उत्पादन का लागि सिंचाई सुविधा पुग्ने छ । कुलो निर्माण आउँदो असारमा सम्पन्न गरिने अध्यक्ष मौरी माया दर्जी ले बताईन् ।
खकुवा लम्सुवा कुलो निर्माण प्रक्रिया सुरु भएपछि स्थानिय कृषकमा खुसी भएकाछन् ।यस कुलो सम्पन्न भई पछि आघिलो वर्षमा भन्दा आउँदो वर्षमा धान उत्पादन बृद्धि हुनको साथै वेमौसमी खेतीवाट पनि लाभ हुने कृषक स्याम बहादुर श्रेष्ठले बताए ।
वडाको तल्लो भागमा अन्नको साथै बेमौसमी तरकारी खेती, ड्रागन फ्रुट लगायतका फलफुलका साथै मत्स्य पालनवाट कृषकहरुलाई व्यावसायिक वनाउन सिंचाईको योजनाको लागि पहल गरिएको वडाध्यक्ष सुजन राईले वताए ।