भोजपुरका तामाङ् उपचारको क्रममा घरवार विहिन भएपछि अस्पतालवाट सहयोगको अपिल

दिङ्ला- भोजपुरको षडानन्द नगरपालिका दिंला बजारका बिर बहादुर तामाङ्गले उपचारको क्रममा घरवार विहिन भएपछि सहयोगको याचना गरेकाछन् । दुवै मिर्गौला फेल भएका तामाङ्गले उपचारको क्रममा भएको जायजेथा सकिएपछि काठमाडौंको टिचिङ्ग हस्पिटलको वेडवाट थप उपचारको लागि सहयोगको याचना गरेकाहुन् ।

उनकी श्रीमती दिकी तामाङ्गका अनुसार ९ बर्ष अघि तामाङ्गले मिर्गौलामा सानो पानी फोका देखा परेको थियो । २ बर्ष अघि देखि रोगले च्यापेपछि समय समयमा धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको विर हस्पिटलमा उपचार गराउँदै औषधी सेवन गरिरहेका थिए । पछिल्लो समय कोभिड १९ का कारण २ महिना सम्म हस्पिटल गएर उपचार गर्न र औषधि समेत सेवन गर्न नपाएपछि साउनमा गएर जाँच गर्दा उनको दुवै मिर्गौला फेलभएको श्रीमती दिकीले वताईन् । श्रीमती आँफैपनि नशाको रोगी भएको र लामो समय सम्म उपचार गर्दा धेरै खर्च भएको वताउछिन् । ४४ बर्षीय तामाङ्गको उपचारको क्रममा घरवारविहिन भएपछि २ वटा छोरीको समेत विल्लिवाठ भएको छ ।

तामाङ्गले उपचारको क्रममा २५ लाख भन्दा वढि उपचारमा खर्च भईसकेको वताईन् । तामाङ्ग दम्पतीले उपचार गर्दा लाखौं खर्च भएपछि सम्पत्तीको नाममा रहेको दिंला बजारको घर समेत बेचिसकेकाछन् । उपचार गर्दा गर्दा घरवार विहिन भएको उनले दिकीले वताईन् । आँफु सँग पैसा भईन्जेल उनिहरुले उपचारकोलागि छरछिमेकी, आफन्तले सहयोग गर्छु भन्दापनि आँफुले नमानेको वताउछन् । अहिले आएर उनिहरुको जायजेथा सकिएर ऋण परेपछि केहि सिप नलागेर सहयोग को लगि अनुरोध गरेको वताउँछन् । “सकेसम्म सहयोग नमाग्ने हाम्रो विचार थियो तर हाम्रो केहि नलागे पछि मर्नु भन्दा बौलाउनु निको भन्ने भनाईलाई आत्मसाथ गर्दै हामीले सहयोगको याचना गरेका छौं” श्रीमती दिकीले खवरट्वीट सँग विलौना पोखिन् ।

तामाङ्गलाई उपचारमा समस्या आएपछि उनका छरछिमेकी तथा आफन्तले सहयोग उठाउने अभियान थालेकाछन् । तामाङ्गको उपचारको लागि अभियान थालिको छिमेकी नगेन्द्र तामाङ्गले वताए । आर्थिक सहयोगको लागि मिर्गौला पिडित राम वहादुर तामाङ्गको एन आई सी एसिया बैंकको दिंला शाखामा रहेको खाता नम्वर (M987955255052401) मा तथा  उनको मोवाईल नम्वर(9841842238)मा पनि सम्पर्क गर्न सकिने तामाङ्गले वताए ।

सहयोगकोलागि निम्न नम्वरहरु (९८६५१६२२४०/९८५२०५२३३१/९८४१८४२२३८)मा पनि सम्पर्क गर्न सकिने छ ।