
नेकपा एमाले षडानन्द नगर २ नम्वर वडा कमिटीले स्थानिय आगलागी पिडीतलाई आर्थिक सहयोग गरेको छ । पिडीत षडानन्द नगरपालिका- २ कुदाक काउले पाएखा निबासी सन्तराज आचार्यको परिवारलाई वडा कमिटीको सक्रियतामा शंकलन गरिएको ४३ हजार १२० आज हस्तान्तरण गरिएको हो ।
भोजपुर काठमाडौं सम्पर्क मञ्चवाट २० हजार, भोजपुर सेवा समाजको तर्फबाट ११ हजार,राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष ५ हजार,
राजेन्द्र खतिवडा बाट १५सय,कमल घिमिरे १५ बाबुराम थापा बाट १५ सय सहयोग प्राप्त भएको सह-सचिव महेन्द्र घिमिरेले जानकारी दिए ।
आगलागीबाट घर पुर्ण रूपमा क्षति भएको र आर्थिक अवस्था निम्न भएको हुँदा उक्ति परिवारलाई राहत संकलन गरि हस्तान्तरण गरिएको वडाका वडा कमिटी सहसचिव घिमिरेले जानकारी दिए।