पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट, रोनाल्डोले पाँचौ पटक विश्वकप खेल्ने

काठमाडौँ — पोर्चुगल र पोल्यान्ड  कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका छन् । युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० ले हरायो ।

पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । नर्थ मेसेडोनियाले यसअगाडि इटालीलाई पराजित गरेको थियो । नर्थ मेसेडोनियासँगको हारसँगै विश्वविजेता इटाली विश्वकप छनोट चरणबाटै बाहिरिएको थियो ।

पोल्यान्डको जितमा भने रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे । पोर्चुगल विश्वकपमा छनैट भएसँगै विश्व फुटवल स्टार रोनाल्डोले पाँचौं पटक विश्वकप खेल्ने भएकाछन् । उनले सन २००६ वाट विश्वकपमा डेव्यु गरेका थिए ।