
दिङ्ला,१७ चैत्र- भोजपुरको षडानन्द नगरपालिका- ७ मा रहेको अरुण माध्यमिक विद्यालयमा ईलर्निङ्ग सेन्टरको शुभारम्भ भएको छ । नेपाल सरकारका पुर्व अर्थमन्त्री शंकर प्रसाद कोईराला संस्थापक अध्यक्ष तथा संरक्षक रहेको ईश्वर मन्दिर नामक गैर सरकारी संस्थाको सहयोगमा स्थापना भएको ईलर्निङ्ग सेन्टरको आज एक कार्यक्रमका विच शुभारम्भ भएको हो ।
संस्थाले विद्यालयमा २० थान कम्प्युटर र १ थान स्मार्ट टेलिभिजन सहितको ईलर्निङ्ग सेन्टर स्थापना गरेको छ । आज एक औपचारिक कार्यक्रमका विच ईलर्निङ्ग सेन्टरको पुर्व मन्त्री शंकर प्रसाद कोईरालाले उद्घाटन गरेकाहुन् । कार्यक्रममा ईश्वर मन्दिरका अध्यक्ष प्रमेस केसी, महासचिव संकेत कोईरालाका साथै अरुण मावि व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, कर्मचारी विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै ईश्वर मन्दिरका वर्तमान अध्यक्ष प्रमेश केसीले आजको समयमा कम्प्युटरको ज्ञान नभई अघि वढ्न नसकिने वताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री कोईरालाले नेपालमा शिक्षाको ज्योति छर्न शुरुवात गरिएको ठाउँमा आफ्नो संस्थाले ईलर्निङ्ग सेन्टर स्थापना गरेर सम्वन्ध जोड्न पाउनु गर्वको कुरा भएको वताए । उनले ईलर्निङ्ग सेन्टरवाट विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत फाईदा लिनको लागि आग्रह गरे । कोईरालाले ८ बर्ष अघि विद्यालयको स्वर्ण महोत्सवमा पनि प्रमुख अतिथिको रुपमा उपस्थित भएको स्मरण गर्दै संस्थागत र व्यक्तिगत तर्फवाट आँफु विद्यालयलाई सहयोग जारी राख्न प्रतिवद्ध रहेको वताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेश विष्टले १२ बर्ष अघि आँफु विद्यार्थी हुँदानै कम्प्युटरको व्यवस्थापन राम्रो नभए पनि हिम्मत गरेर विद्यालयले कम्प्युटर शिक्षा दिने अभियान थाल्दा पाएको सास्तीको स्मरण गर्दै अवका दिनमा विद्यालय पुर्वाधार सम्पन्न भएकोले गुणस्तरिय शिक्षा दिन सक्षम भएको वताए ।
विद्यालयका प्रधानाध्यापक सञ्जीव न्यौपानेले विद्यालयमा ईलर्निङ्ग सेन्टर स्थापना गरिदिएकोमा ईश्वर मन्दिर प्रति आभार प्रकट गरे । प्रअ न्यौपानेले ईलर्निङ्ग सेन्टरको दिगो र अधिक्तम उपायोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिवद्धता समेत जनाए ।