भोजपुरमा खोजमुलक पत्रकारिता तालिम शुरु

दिंला- भोजपुरको षडानन्द नगरपालिकाको दिङला बजारमा पाँच दिने खोजमुलक पत्रकारिता तालिम सुरु भएको छ । खोज पत्रकारिता गर्न पत्रकारलाई प्रेरित गर्ने उद्धेश्यले तामाङ पत्रकार सङ्घ प्रदेश १ को आयोजनामा तालिम सुरु भएको हो ।

पाँच दिनसम्म चल्ने तालिमको प्रशिक्षकमा पत्रकार महासंघका पुर्व अध्यक्ष तथा बरिष्ट पत्रकार धर्मेन्द्र झा रहेका छन । बैशाख ७ गतेसम्म हुने तालिममा प्रदेश १ का विभिन्न जिल्लाका ३० जनाको सहभागिता रहने आयोजक तामाङ पत्रकार संघका प्रदेश उपाध्यक्ष मकर तामाङले जानकारी दिए ।

तालिमको आज भोजपुरको उत्तरी केन्द्र दिंला बजारमा रहेको बहुउद्देश्यि भवनमा शुरु भएको हो । कार्यक्रममा जिल्लाका पत्रकार महासंघका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, व्यावसायी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले तालिमको सफलताको शुभकामना दिंदै प्रशिक्षार्थीहरुलाई तालिम लिए पश्चात समाजका विक्रिति विसंगतिलाई ऐना जस्तै छर्लंग वाहिर ल्याउन आग्रह गरेका थिए ।