खाँदवारी नगरपलिकामा एमालेवाट घिमिरे र श्रेष्ठ मेयर उपमेयरको उमेद्वार

संखुवासभा- नेकपा एमाले संखुवासभाको सदरमुकाम खाँदवारीको  मेयर र उपमेयरको टिकटको टुंगो लागेको छ । पार्टीको जिल्ला अध्यक्ष समेत रहेका जीत वहादुर घिमिरेले मेयर र महेश्वरा श्रेष्ठले उपमेयरको टिकट पाएकाछन् ।

आज विराटनगरमा वसेको पार्टीको बैठकले खाँदवारी नगरपालिकाको मेयर उपमेयरको टुंगो लगाएको हो । संखुवासभामा अन्तीम समयमा कुरा नमिलेपछि गठवन्धन छोडेको नेकपा माओवादी केन्द्रले यस अघिनै मेयर, उपमेयरको टुंगो लगाईसकेको छ ।

माओवादी केन्द्रले मेयरमा दिव्यराज बराल र उपमेयरमा मालती भण्डारीलाई उठाउने निर्णय गरेको हो । गठवन्धनको तर्फवाट महेश थपलिया र कमला गुरुंगको नाम प्रस्ताव गरेको छ ।