चार दशक लामो शिक्षण गरेका काजी सर वडाध्यक्षको उमेद्वार

दिंला- चार दशक लामो शिक्षण सेवा गरेका काजी बहादुर विष्टले भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ मा वडाधक्ष्यको पदमा उमेद्वारी दिएका छन् । शिक्षणकालको शुरुवात देखिनै नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध विष्टले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फवाट उमेद्वारी दिएका हुन् ।

लामो समय शिक्षण पेशामा आवद्ध विष्ट नेराशिसं भोजपुरको २ कार्यकाल कार्य समितिमा रहेर काम गरेका थिए । उनले एक कार्यकाल षडानन्द नगरपालिकाको नेराशिसंको कुशलतापुर्वक नेतृत्व समेत हाँकि सकेकाछन् । २०३९ सालदेखि शिक्षण पेशा थालेका विष्टले जिल्लाका दोभाने, खाटाङ्गमा लगायतका दुर्गम गाउँका विद्यालयमा लामो समय शिक्षण सेवा गरेका थिए । पछिल्लो समय लक्ष्मी प्रावि तुंगेछा, सिंहवाहिनि प्रावि वितलवमा शिक्षण गरेका विष्ट स्थानिय जनकल्याण प्रावि तित्रेवाट अनिवार्य अवकास भएकाहुन् ।

विष्टले शिक्षा, कृषि, स्वास्थ्य, सडक, खानेपानी, सिँचाई, सञ्चार, विद्युत लगायतका पुर्वाधारका विषयलाई मूल मुद्धा वनाएकाछन् । उनले वडालाई पुर्वाधार सम्पन्न वनाउने प्रतिवद्धता जनाएकाछन् । वडाको आमुल परिवर्तनको लागि वडामा उमेद्वारी दिएको खवरट्वीट सँगको कुराकानीमा विष्टले वताए । आँफु लामो समय शिक्षण पेशामा आवद्ध भएकोलेपनि सामुदायिक विद्यालयको शिक्षालाई पहिलो प्राथमिकता दिने उनले वताए । नगरपालिका भित्र शिक्षा क्षेत्रमा धेरै विक्रिति रहेको उनको बुझाई छ । उनले आँफु वडामा विजयी भएमा विभिन्न क्षेत्रमा भएका विक्रितिलाई अन्त्य गर्दै आमुल परिवर्तनको निमित्त नगरमा समेत आवाज उठाउने जनता समक्ष प्रतिवद्धता जनाएका छन् ।

विष्टले अवको समाज प्रविधिमैत्रि हुनुपर्ने र आँफुले वडाको विकासको निमित्त शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्र प्रविधि सम्पन्न वताउने योजना अघि सारेको पनि वताएकाछन् । प्रविधि सम्पन्न भएमा हरेक काम छिटो, छरितो र गुणस्तरीय ढंगले गर्न सकिने उनको धारणा छ ।

षडानन्द नगरपालिकाको वडा नम्वर ६ एमालेको पुरानो गढ हो । प्रजातन्त्र पुनःस्थापना पछिका निर्वाचनमा यस वडामा एमाले अपराजित छ । वडा नम्वर ६ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धनको तर्फवाट सुमन विसुन्के, जनतासमाजवादीवाट निर्दोस राई र राप्रपावाट सुरेस भण्डारीले उमेद्वारी दिएकाछन् ।

गत निर्वाचनमा नेकपा एमालेको तर्फवाट सुजन राईले जिल्लामै सवैभन्दा वढि मतान्तरले विजय प्राप्त गरेका थिए । राई हाल नेकपा एमालेको नगर कमिटी अध्यक्ष छन् । राज्य पुनःसंरचनाको क्रममा साविकको केउरेनीपानी गाविसको ३,४,५,८ र ९ नम्वर वडालाई गाभेर षडानन्द नगरपालिकाको वडा नम्वर ६ वनाईएको हो । वडा नम्वर ६ नगरको मुलढोका को रुपमा रहेको छ । लम्सुवा, सतिघाट, मरुवा लगायतका नगरका मुख्य नाका यहि वार्डमा पर्दछन् ।