विकासका लागि राजनीतिक दलसँग कुनै पुर्वाग्रह छैनः उदास

भोजपुर- बैशाख ३० गते हुने निर्वाचनमा भोजपुरको षडानन्द नगरपालिमा नेकपा एमालेको तर्फवाट मेयर पदमा उमेद्वारी दिएका सुरेन्द्र उदासले राजनीतिक दलसँग कुनै पुर्वाग्रह नभएको वताएकाछन् । चुनावी सभालाई सम्भोधन गर्दै उनले आँफुले मेयर पदमा विजयी भएमा कुनै दलसँग पुर्वाग्रह नराखि निश्पक्ष ढंगले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

समाजको विकास एक्लै गर्छु भन्नु मुर्खता भएको उनको भनाई छ । उनको विचारमा समाजको विकासको निमित्त सवै दलका नेता कार्यकर्ता मिलेर मात्र विकास सम्भव छ । उनले भने “म आँफु मेयरमा विजयी भएको खण्डमा सवै दल र दलका कार्यकर्ता सँग समन्वय गरेर विकासका कामलाई अगाडि वढाउने छु । म मेयर विजयी भई सकेपछि कुनै दल विशेषको नहुने र साझा प्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता जनाउदछु ।”

अघिल्लो कार्यकाल विजयी भएका मेयर विरवलराईले विकास निर्माणका कुनैपनि उल्लेखनिय काम गर्न नसकेको उनको आरोप छ । उमेद्वार उदासले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धनवाट गठन भएको केन्द्र र प्रदेश सरकारले उल्लेख्य कार्य गरेको दावि गरे । उनले नेकपा सरकारले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको र कतिपय योजना सञ्चालनको क्रममा रहेको पनि वताए । वर्तमान प्रदेश सरकारका मुख्यमन्त्रीले यसै क्षेत्रका भएकोले पनि विकास निर्माणले फडको मार्ने उनको विश्वास छ ।

२७ बर्षे शिक्षक जिवन, १८ बर्ष माध्यमिक विद्यालयको प्रधानाध्यपकको भूमिकामा रहेर काम गरेका उदासले षडानन्द नगरपालिकामा दोस्रो पटक मेयर पदमा उमेद्वारी दिएका हुन । पहिलो पटक पराजित हुन पुगेका उदासले अघिल्लो नेतृत्वले गरेका कामलाई मुल्यांकन गरेर आँफुलाई भोटहाल्न समेत अनुरोध गरेकाछन् । अघिल्लो नेतृत्वले नगर भित्र विभिन्न क्षेत्रमा विक्रिति भित्र्याएको उनको बुझाई छ। सवै विकृति विसंगतिलाई अन्त्य गर्दै षडानन्द नगरपालिकालाई पुर्वकै नमुना नगर वनाउने योजना रहेको उदासले वताए ।