भोजपुरमा ६१ प्रतिशत मत खस्यो, कुन पालिकामा कति ?

भोजपुर- भोजपुरमा शान्ती पुर्ण वतावरणमा मतदान सम्पन्न सम्पन्न भएको छ । भोजपुरमा अनुमानित ६१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । सवै तथ्यांक आउन बाँकी रहेको वताईएको छ ।

कुल एक लाख २५ हजार ७०५ जना मतदाता मध्ये करिव ६१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकामा ६५ . ४४, साल्पासिलिछो गाउँपालिकामा ६० .४३, टेम्केमैयुङ गाउँपालिकामा ६२ . ०१, रामप्रसादराई गाउँपालिकामा ५९ . २४, हतुवागढी गाउँपालिकामा ५५ . ८१, आमचोक गाउँपालिकामा ५९ . ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै अरुण गाउँपालिका ६१ . २७ र भोजपुर नगरपालिका ६० . २७ प्रतिशत मत खसेको छ । पौवादुङमा गाउँपालिकाको भने विवरणमा केहि फरक परेकाले त्यसलाई सच्याउने काम भईरहेको कार्यालयको भनाइ छ । भोजपुर जिल्लाभर एक लाख २५ हजार ८०५ जना मतदाता रहेकाछन् ।

मतदान स्थलबाट पालिकाको केन्द्र तर्फ मत पेटिका संकलन गर्ने काम भईरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी बासु कोईरालाले बताए । मत गणना गर्ने सम्वन्धमा सर्व दलीय वैठक वसेर निर्णय गरिने वताईएको छ।