भोजपुरको हतुवागढी गाउँपालिकामा गठवन्धनलाई हराउँदै राई विजयी

भोजपुर, २ जेठ- भोजपुरको हतुवागढी गाउँपालिकामा सत्तारुढ पाँच दलिय गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राई अध्यक्षमा विजयी भएका छन् ।

राईले सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गजेन्द्रकुमार कार्कीलाई भारी मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । राईले ४ हजार ४२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्धन्दी कार्कीले ३३ सय ५३ मत प्राप्त गरे ।

राईका लागि यो दोस्रो कार्यकाल हो । यसअघि पनि उनि यही पालिकाको अध्यक्ष थिए ।

गाउँपालिकामा उपाध्यक्ष सत्तारुढ गठबन्धनकी कांग्रेस उम्मेदवार सुनिता किराँती विजयी भईन् । उनले ३७ सय ८ मत ल्याउँदा एमालेकी कमला राईले ३६ सय ११ मत प्राप्त गरिन्

एमालेले यहाँ १, २, ३, ४, ५, ६, ९ वडा पनि जितेको छ। ७ र ८ वडा नेपाली कांग्रेस विजयी भएको छ ।