षडानन्दमा गुमेको विरासत फर्काउँदै एमालेका सुरेन्द्र उदास निर्वाचित, को हुन त उदास ?

दिंला- भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमालेका उमेद्वा सुरेन्द्र उदास निर्वाचित भएकाछन् । सत्ता गठवन्धनवाट नेपाली कांग्रेसका उमेद्वार तथा पुर्व मेयर विरवल लाई १०१५ मतान्तरले हराउँदै उदास एमालेको विरासत फर्काउन सफल भएकाहुन् ।

उदासले ६७७२ मत पाएकाछन् भने राईले ५७५७ मत पाए । उपमेयरमा पुर्व मेयर एमालेकी मेरिका राईलाई पराजित गर्दै गठवन्धनवाट नेकपा माओवादी केन्द्रकी प्रमिला राई उपमेयरमा बिजयी भएकी छिन् । अघिल्लो निर्वाचनमा समेत नेकपा माओवादीवाट उमेद्वार रहेकी प्रमिला राईले २४८१ मत प्राप्त गरेकी थिईन् ।

अघिल्लो निर्वाचनमा उदास राई सँगै झिनो मतान्तरले पराजित भएका थिए । यस पटक उदासले १०१५ फराकिलो मतान्तरले पराजित गर्दै विरासत फर्काएकाहुन् ।

को हुन सुरेन्द्र उदास ?

वि.सं २०२६ साल जेठ १६ गते बुवा मणिराज उदास तथा आमा भुवनेस्वरी उदासको ज्येष्ठ सुपुत्रको रुपमा साविकको देउराली गाविस १ तथा हालको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा जन्म भएको हो । सानै उमेरवाट राजनीतिमा सक्रिय उदासले विद्यार्थी जिवनमै २०४० सालवाट नै अनेरास्ववियुको प्रारम्भिक कमिटीवाट राजनीतिक जिवन सुरु गरेकाहुन् । २७ बर्ष शिक्षकको रुपमा सेवा गरेका उदासले १७ बर्ष महेन्द्रोदय माविको प्रद्यानाध्यापकको रुपमा कुशलता पुर्वक जिम्मेवारी पुरा गरेका थिए । उनकै कार्यकालमा विद्यालयलाई निमावी वाट माध्यमिक तहसम्म अहम भुमिका खेलेका थिए ।

उदासले विभिन्न सामाजिक कार्यका साथै राजनीतिक जिवनमा विभिन्न पदमा रहेर जिम्वेवारी पुरा गरेकाछन् । उनि २०५४ सालमा स्थापना भएको जिल्लाकै अव्वल गैह्र सरकारी संस्था मितेरी नेपालका संस्थापक अध्यक्ष समेतहुन् । उदासले २०४७ सालवाट बाममोर्चाको गाउँपार्टी सदस्यवाट मुलधारको राजनीति सुरु गरेका थिए । २०४८ सालमा नेकपा एमाले ईलाका सचिवको पदभार सम्हालेका उदासले २०५५ सालमा पिपुल्स भोलेन्टियर्सको जिल्ला अध्यक्षको जिम्मेवारी थिए भने २०५१ देखि लगातार ३ कार्यकाल जिल्ला कमिटी सदस्य रहेर जिम्वेवारी वहन गरेका थिए । उनले २०६६ सालमा अञ्चल समन्वय कमिटी सदस्यको रुपमा जिम्वेवारी सम्हालेका थिए । उदास २०७२ सालदेखि निरन्तर नेकपा एमालेको प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेकाछन् । उदास भोजपुरका एमालेका बौद्धिक, स्पष्ट वक्ता र कुशल योजनाकार समेत मानिन्छन ।