भोजपुरको षडानन्द नगरपालिकाको उपमेयरमा प्रमिला राई विजयी

दिंला- भोजपुरको षडानन्द नगरपालिकाको उपमेयरमा प्रमिला राई बिजयी भएकी छिन् । पुर्व मेयर तथा एमालेकी उमेद्वार मेरिका राईलाई पराजित गर्दै गठवन्धनवाट नेकपा माओवादी केन्द्रकी प्रमिला राई उपमेयरमा बिजयी भएकी हुन् ।

बिजयी प्रमिला राईले ७२५७ मत प्राप्त गर्दै ३ हजार मतान्तरले विजय प्राप्त गरेकी हुन । उनकी निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी मेरिका राईले ४३५८ मत प्राप्त गरिन् । अघिल्लो निर्वाचनमा समेत नेकपा माओवादी केन्द्रवाट उमेद्वार रहेकी प्रमिला राईले २४८१ मत प्राप्त गर्दै तेस्रो स्थानको मत प्राप्त गरेकी थिईन् ।