
संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका –७ फलाटेमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चैनपुर –७ का ६६ बर्षीय लाल बहादुर मुदेल रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
आइबार दिउँसोबाट बेपत्ता भएका मुदेल सोमबार बिहान १० बजे मृत अवस्थामा फलाटे नजिकै फेला परेको प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
मुदेलको फलाटे नजिकैको भीरबाट ५० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मुदेलको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।