STEAM ले सिकाएको व्यावहारिक सिकाई

संखुवासभा, ६ असार

संखुवासभा जिल्लाको ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा काम गरिरहेको युनाइटेड वर्ल्ड स्कुल्स नेपाल र शैक्षिक उद्यमशीलताका लागी काम गरिरहेको कारखाना बीचको समन्वयमा युडव्लुएस नेपालले सहकार्य गरीरहेका जिल्लाका  ५ ओटा विद्यालय अन्तर्गत युडव्लुएस हेलुवाबेसी, युडव्लुएस खामारे, युडव्लुएस नुनढाकी, युडव्लुएस हेदाङ्गनागढ़ी र युडव्लुएस  महभिरमा २ दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ ׀  उक्त कार्यशालामा  बिद्यालयमा पठन पाठन हुने विज्ञान, प्रविधी, इन्जिनियरिङ, गणित र कला शिक्षण सम्बन्धी प्रयोगात्मक सिप अभिबृद्धिमा जोड दिइएको थियो ׀ कार्यशाला गोष्ठीको सहजीकरण STEAM श्रोत केन्द्रका परियोजना प्रमुख सन्तोषी गहतराज र कार्यक्रम व्यवस्थापक निशा श्रेष्ठले  गरेका थिए ׀ २ दिने कार्यक्रम अवधिभर युडव्लुएस नेपालका फेलो शिक्षक र विद्यालयका विज्ञान शिक्षकको सक्रिय सहभागिता रहेको थियो |

तस्बिर: विवेक रत्न शाक्य, यु. डब्लु. एस नेपाल

कार्यशाला गोष्ठी पश्चात प्रत्येक विद्यालयमा १६ जना बालबालिकालाई समावेश गरी  STEAM  क्लब गठन गरिएको छ र उक्त क्लबसँग कारखानाले महिनामा २ पटक अनलाईन बैठक बसी विभिन्न कार्य र जिम्मेवारी प्रदान गर्ने साथै उक्त कार्यको निरन्तर मुल्यांकन र पृष्ठपोषण समेत प्रदान गरिने छ  | उक्त क्लबले कार्यशालामा सिकेको सिपबाट  विज्ञान, प्रविधी,इन्जिनियरिङ, गणित र कला सम्बन्धी कक्षालाई व्यावहारिक र प्रयोगात्मक सिप बिकासका  लागी युडव्लुएस नेपालले प्रदान गरेका सामाग्रिको प्रयोगलाई निरन्तरता दिँदै शिक्षण सिकाई क्रियाकलाप संचालन  गर्नेछन् | उक्त २ दिने कार्यशाला गोष्ठीमा सहभागी युडव्लुएस हेलुवाबेसीका शिक्षक ज्ञान बहादुर बरालले आगामी दिनमा STEAM कार्यशालामा सिकेका सीपले  विज्ञान, गणित र कला जस्ता विषयलई व्यावहारिक र प्रयोगात्मक रुपमा शिक्षण गर्न सहज हुने बताएका छन् | त्यस्तै कार्याशालामा सहभागी युडव्लुएस नुनढाकी, कक्षा ६ मा अध्ययनरत विद्यार्थी पासाङ ओंग्मु शेर्पाले यस्तो कार्यक्रमले पाठमा पढ्ने कुरालाई प्रयोगात्मक रुपमा हेर्न र त्यसको बारेमा सिक्न पाउँदा खुसि लागेको र यसको निरन्तरताले उनीहरुको सिकाईमा अझ सहज हुने कुरा औल्याएकी थिईन |

यस कार्यशालाले ५ ओटा विद्यालयका करीब ५ सय ४० जना विद्यार्थी प्रतक्ष रुपमा लाभान्वित भएको र यस्ता कार्यक्रमले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाको सिकाइ अभिरुचिमा थप टेवा पुर्याउने विश्वास व्यक्त गर्दै अझै यस्ता प्रभावकारी कार्यशाला गोष्ठी संचालन गर्ने कुरा युडव्लुएस नेपालका शिक्षा संयोजक आशिष अधिकारीले बताएका छन् |