संखुवासभामा आगलागीमा परी एक वृद्धाको मृत्यु

संखुवासभा- आगोले जलेर संखुवासभामा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगर रहेको प्रहरीले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलोमा आगो सल्काउने क्रममा आफैंले लगाएको चोलोमा आगो सल्किएको थियो । बिहान करिब ७ बजे जलेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आफन्तले फेला पारेर उपचारका लागि अस्पताल ल्याएका थिए ।
उपचारकै क्रममा जिल्ला अस्पताल खाँदबारीमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।