प्रदेश १ सरकारले रुद्राक्षको बजारीकरणमा सहयोग गर्ने

विराटनगर- पछिल्लो समय कोरोना महामारीको मारमा परेको रुद्राक्ष व्यावासायको बजारीकरणमा प्रदेश १ सरकारले सहयोग गर्ने भएको छ । रुद्राक्षको गिर्दो बजारको समस्याको वारेमा जानकारी तथा बजार व्यवस्थापनको माग राख्न गएका रुद्राक्ष व्यावासायी महासंघका उपाध्यक्ष अगमसिं राईलाई मुख्यमन्त्री राजेन्द्र कुमार राईले सहयोग गर्ने आश्वासन दिएकाहुन् ।

प्रदेश १ मुख्यमंत्री राईले भेटमा आगामी बर्षको बजेट बिनियोजित बजेटमा रुद्राक्ष, अलैची, चिया, अदुवा, सुपारीको बजार ब्यवस्थापन र बजारिकरणको लागी ५ करोड बिनियोजन गरिएको जानकारी दिए । भेटमा रुद्राक्ष व्यावसायलाई कसरी ब्यवस्थापन गर्ने भन्ने सम्बन्धमा मुख्यमंत्री राई र व्यावसायी संघका उपाध्यक्षको विचमा छलफल भएको थियो । उपाधयक्ष राईले रुद्राक्षको भारत र चीन तर्फ हुने ब्यापारको बारे जानकारी दिएका थिए । भारतमा धार्मिक आस्थले ठुलो मुखि र माला खरिद गर्ने र चीनमा औषधिजन्य गहनाको रुपमा राम्रा चिल्लो आकरका मिलेको रुद्राक्ष मात्रै निर्यात हुने उपाध्यक्ष राईले जानकारी दिए । उपाध्यक्ष राईले विक्रि नभएका रुद्राक्षलाई  बिभिन्न हस्तकलाका सामग्री र पुजाका सामग्रीहरु बनाएर बिश्वबजार सम्म पुराउनु पर्ने र यसमा भएको औषधिय गुण पत्ता लगाउनको लागी सरकारी तवर बाटै पहल गर्नु पर्ने माग मुख्यमन्त्री राई समक्ष राखेका थिए ।

व्यावसायी संघको तर्फवाट राखिएको मागको बिषयमा मख्यमंत्रि राईले चासो देखाएका थिए। उनले रुद्राक्ष व्यावसायको बजारीकरणको निमित्त आफ्नो तर्फवाट सक्ने सहयोग गर्ने जनाएका थिए ।

रुद्राक्षको भारत तर्फको निकासी व्यापार लामो समय अघिदेखि गरिदै आएता पनि चीनसँग करिव १ दशक अघिवाट मात्र विस्तार भएको हो । सुरुका बर्षमा बार्षिक ५ करोड बढिको व्यपार हुने गरेकोमा ७२ सालको भुकम्प देखि व्यापार खस्किँदै गएको छ । विश्वव्यापी कोरोना महामारीको कारण चाईनीज व्यापारी सहज रुपले नेपाल भित्रिन नसक्दा रुद्राक्षको व्यावसाय दयनिय भएको व्यावसायीहरु वताउँछन् ।