
दिंला- भोजपुरको षडानन्द नगरपालिकामा गाडी भाडा महंगो भएको भन्दै गुनासो आएपछि सर्वपक्षिय छलफल भएको छ । नगर पमुख सुरेन्द्र उदासले तुरुन्त भाडा घटाउन निर्देशन दिएकाछन् ।
छलफलमा सेवाग्राही तथा यात्रुले १२ किलो मिटरको ५ सय सम्म भाडा असुल्ने गरेको, वाटोवाट चढने र विच वाटोमा उत्रिने यात्रुलाई समेत पुरै भाडा लिएर सर्वसाधारणमाथि अन्याय गरेको गुनासो गरेका थिए । छलफलमा यातायात व्यावसायीले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि, पेट्रोल पम्प नभएका कारण डिजेल महङगो भएको, गाडी मर्मत सम्भारमा समेत महंगी भएका कारण भाडा महंगो वनाउन वाध्य भएको वताए ।
नगर प्रमुख उदासले तुरुन्तै समय र परिस्थित सुहाँउदो वैज्ञानिक भाडादरमा यातायात सञ्चालन गर्न यातायात व्यावसायीलाई निर्देसन दिए । उनले केहिदिन भित्रै समय र परिस्थिति सुहाउँदो भाडादरमा यातायात सञ्चालन नगरे सम्वन्धित निकायमा कारवाहीको सिफारिस गरिने आसय प्रकट गरे । यातायात व्यावसायी राम शाहीले माथिल्लो निकाय सम्म समन्वय गरेर चाँडै उपयुक्त भाडादरमा यातायात सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।
छलफलमा नगर प्रमुख सुरेन्द्र उदास, उप प्रमुख प्रमिला राई, प्रमुख प्रशासकीय अधिकृत गणेश वस्नेत, वडा नम्वर ४ का वडाध्यक्ष राज कुमार तामाङ, यातायात व्यावसायी, संचारर्मी लगायत सेवाग्राहीहरुको समेत सहभागिता रहेको थियो ।