षडानन्द नगरपालिका वडा नम्वर ३ ले गर्यो जेष्ठ नागरिक तथा अपाङ्गको सम्मान

भोजपुरको षडानन्द नगरपालिका ३ नम्बर वडाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुको सम्मान गरेको छ । सम्मानको मापदण्ड पुगेका हिडेर वडा कार्यलय आउन सक्नु हुने सबैलाई नगद, बिस्कुट, जुस र खादा तथा दोसल्ला ओढाएर सम्मान गरिको वडाध्यक्ष साङ्देम्वा राईले जानकारी दिए ।

सम्मान कार्यक्रममा ९० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई नगद २ हजार ९ सय ,बिस्कुट, जुस, मिश्रि र चक्लेट सहित सम्मान गरिएको छ । त्यस्तै ८५ बर्ष माथि नगद १५ सय दोसल्ला, बिस्कुट, जुस,मिश्रि, चक्लेट, दोसल्ला सहित सम्मान गरिएको छ । कार्यक्रममा पुर्ण अपाङ्गता भएकालाई नगद १५ सय, जुस, चक्लेट, मिश्रि, दोसल्ला र आंशिक अपाङ्गता भएकालाई नगद १ हजार, चक्लेट, बिस्कुट, जुस र खादा सहित सम्मान गरिएको हो ।

हिडन नसक्ने जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरु सबैलाई घर घर मै पुगेर सम्मान गरिने वडाध्यक्ष राईले जानकारी दिए ।