कुशुम र नितेसलाई प्रोफेसनल तेक्वान्दोको उपाधि

दिंला- प्रदेश नम्वर १ स्तरीय दोस्रो प्रोफेसनल आई.टी.एफ तेक्वान्दो प्रतियोगिताको उपाधि पाँचथरका नितेश खवास र मोरङ्की कुशुम राजवंशीले जितेकाछन् । भोजपुर आई.टी.एफ तेक्वान्दो जिल्ला समितिको आयोजना तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको सांसद क्षेत्र विकास कोषबाट विनियोजित बजेटबाट प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा क्रमशः द्वीतीय र तृतीय भोजपुरका भुवन मगर र झापाका मिसन श्रेष्ठ भएका छन् । त्यस्तै महिला तर्फ दिव्तिय र तृतीय क्रमशः झापाका मुबि राई र आयोजकका सजिना तामाङ भएका छन् । महिला तथा पुरुष दुवै तर्फका विजेताले क्रमशः तगद २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन भने साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट खेलाडी नितेश खवास भएका छन भने महिलातर्फ कुशुम राजवंशी भएकी छिन् । उनिहरुले जनही २-२ हजारको साथमा ट्रफी र मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितामा ११ जिल्लाका ४४ जना खेलाडी सहभागिता रहेको थियो । षडानन्द नगरपालिकाका उपमेयर प्रमिला राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश विक्रम वस्नेत, भोजपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पा, विभिन्न संघसंस्थाका प्रमुख तथा प्तिनिधिहरु, विभिन्न वडाका वडाध्यक्षहरु, आईटीएफ तेक्वान्दोका केन्द्रिय उपाध्यक्ष प्रविन कार्की, आईटीएफ तेक्वान्दो प्रदेशका उपाध्यक्षद्धय चर्तुलाल चौधरी र राजेन्द्र धिमाल, प्रदेश सचिव नविन तामाङ साथै प्रदेश समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।