षडानन्द नगरपालिकालाई भारतीय राजदुतावसले दियो एम्वुलेन्स, कार्यविधि वनाएर व्यवस्थापन गरिने

भोजपुरको षडानन्द नगरपालिकालाई भारतीय राजदुतावासले एम्वुलेन्स हस्तान्तरण गरेको छ । आज काठकाण्डौमा एक कार्यक्रमका विच षडानन्द नगरपालिकाको ७ मा निर्माण भएको गान्धी मेमोरियल अस्पतालको नाममा नविन भारतीय राजदुत श्रीवास्तवले नगरपालिकाका मेयर सुरेन्द्र उदासलाई हस्तान्तरण गरेकाहुन् ।

भारतीय राजदुतावास तथा सम्वन्धित निकाय सँग समन्वय गरि गान्धी मेमोरियल हस्पिटलसँग लाई व्यवस्थापन गर्दैस्थानीय नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउने नगर प्रमुख उदासले खवरट्वीटलाई वताए । भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको ७५ ओटा एम्बुलेन्स मध्ये एउटा षडानन्द नगरपालिकाले ल्याउन सफल भएको हो ।

नगर प्रमुख उदासले निर्वाचनको बेलामा पनि एम्वुलेन्स सञ्चालनमा ल्याउछु भनेको थिए । खासमा हामीले नगरकै लगानीमा किन्ने सोचेको भएपनि अहिले नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीसँग पहल गरि एम्बुलेन्स ल्याउन सफल भएको वताए । भारतीय राजदुतावास वाट प्राप्त एम्वुलेन्सलाई कार्यभार सम्हालदै गर्दा गरेको वाचा अनुरुप कार्य विधि बनाएर सुत्केरी अशक्त जेष्ठ नागरिक, आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क सेवा दिने गरी एम्बुलेन्स सेवा दिने प्रमुख उदासको भनाइ छ ।

थप अर्को एक एम्वुलेन्सको लागि पनि नगरले पहल गरिरहेको नगर प्रमुख उदासले वताएकाछन् । रेडक्रस मार्फत एम्वुलेन्स व्यवस्थापनको लागि पहल भएको र चाँडै एम्वुलेन्स आउने उनले वताए । त्यसको लागि १० लाख विनियोजन गरिसकेको मेयर उदासको भनाईछ । नगरपालिकाका अधिकांश वडामा सडकका कारण एम्वुलेन्स सञ्चालनमा समस्या देखिएको छ । सडक स्तरीकरणलाई यसै बर्षको बजेटवाट प्राथमिकिकता दिँदै दिंला सतिघाटलाई पिच गर्ने प्रक्रिया अघि वढाउने र १४ वटै वडालाई बाह्रै महिना चल्ने वनाउने योजना रहेको नगर प्रमुख उदासले वताए ।

एम्वुलेन्स बुझ्दै मेयर उदासले भारतीय राजदुतावास र यसकालागि विशेष पहल गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीप्रति धन्यवाद प्रकट गरेकाछन् ।