
षडानन्द नगरपालिकाका मेयर उदासले मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र दिङ्लाको अनुगमन गरेकाछन् । उदासले विहिवार अनुगमनका साथै वडा नम्वर ४ का वडाध्यक्ष र स्वास्थ्यकर्मीहरुसँग स्वास्थ्य चौकीका समस्याका वारेमा छलफल समेत गरेका हुन् ।
छलफलमा डा.शुभम् रौनियरले स्वास्थ्यचौकिका औषधी, जनशक्ति, पुर्वाधार, एक्सरे मेसिन अभाव लगायतका समस्याहरुवारेमा मेयर उदासलाई जानकारी दिएकाथिए ।
मेयर उदासले स्वास्थ्य चौकिको सेवा सुविधा सहज वनाउन अत्यावश्यक औषधि सहज ब्यबस्थापन र औषधि आपुर्तिको लागि फार्मेसी कोष व्यवस्था गर्ने, पोष्ट्मार्टम घरको निर्माण कार्य चाडो सम्पन्न गरि पोष्टमार्टम गर्ने कार्य यसै बर्षबाट सन्चालन गर्ने, भौतिक सुधार र पर्याप्त औषधि आपुर्ति गर्न तत्काल प्रकृया अगाढी बढाउने, स्वास्थ्य केन्द्रमा यसै वर्ष भित्र डिजिटल एक्सरे मेसिनको खरिद गरि उपलव्ध गराउने गराउनेमा आस्वस्त पारेकाछन् ।
स्वास्थ्य सुधारको लागि अत्यन्तै जोस जागरका साथ कृयासिल , लगनसिल रहेको भन्दै स्वास्थ्यकर्मीहरुको तत्परता प्रति मेयर उदासले खुशी व्यक्त गरेकाछन् । उनले स्वास्थ्यकेन्द्रको सुधारको निमित्त वडाध्यक्ष राजकुमार तामाङलाई पनि धन्यवाद प्रकट गरेकाछन् ।
स्वास्थ्यचौकीका डा. शुभम् रौनियरले नयाँ भिजन सहित आउनु भएका मेयर उदासले देखाउनु भएको सक्रियता र उत्प्रेरणाले स्वास्थ्यकर्मीहरु उत्साहित भएको प्रतिक्रिया दिए । वडाको एक मात्र स्वास्थ्य केन्द्रको समस्या समाधान गर्नको निमित्त सक्रियतत प्रस्तुत गर्नु भएकोमा मेयर उदास प्रति वडाध्यक्ष राजकुमार तामाङ्ले खुशी व्यक्त गरेकाछन् ।
मुलपानी प्राथमिक स्वास्थ्यचौकीमा षडानन्द नगरपालिकाका वडा नम्वर ४,५,६,७,८ र ९ वडाका सर्वसाधारणले प्रत्यक्ष सेवा लिने गरेकाछन् भने अप्रत्यक्ष रुपमा नगरपालिका भरिकै सर्वसाधारणले स्वस्थ्य सेवा लिने गरेकाछन् । नगरको केन्द्रमा रहेको एकमात्र मुलपानी स्वास्थ्य केन्द्रमा औषधी, जनशक्ति, पुर्वाधार, एक्सरे मेसिन लगायतका सामाग्रीको अभावमा स्वास्थ्य सेवा भरपर्दो नहुँदा स्थानीय सर्वसाधारण संखुवासभा तथा तराईका हस्पिटलमा चर्को मुल्य तिरेर स्वास्थ्य सेवा लिन वाध्यछन् ।