वडा र स्थानियको सहकार्यमा सडक स्तरोन्नती

भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ८ , स्थानिय सर्वसाधारण र व्यावसायीहरुको सहभागितामा सडक स्तरोन्नती गरिएको छ । गौचरण घुम्ती देखि वडा कार्यालय सम्म जाने करिव २ किमि सडक स्तरोन्नती गरिएको वडा सदस्य विकास श्रेष्ठले जानकारी दिए ।

सडक स्तरोन्नतीको लागि जेसीवी र ट्याक्टरलाई आवस्यक पर्ने ईन्धन वडाले उपलव्ध गराएको छ भने स्थानिय ६० जना जिमी टोलवासीले दिनभरी जनश्रमदान गरेका थिए । स्तरोन्नतीकालागि षडानन्द नगरपालिकाले १ वटा र स्थानिय व्यावासायीले ३ वटा ट्याक्टर उपलव्ध गराएकाथिए भने निर्माण व्यावसायी सुवास तामाङ्ले जेसीवी उपलव्ध गराएका थिए ।

बर्षातको कारण सडकमा खाल्डा खुल्डी र हिलो भएर यातायातका साधन आवतजावतमा समस्या भएपछि सेवाग्राहीलाई वडाकार्यालय सम्मजान समस्या भएकाले सडक स्तरोन्नती गरिएको वडाध्यक्ष सुवास तामाङ्ले वताए । सडक स्तरोन्नती गरिएपछि सवारी आवतजावतमा कुनै समस्या नभएको वडासदस्य श्रेष्ठको भनाई छ ।