नेपालमा २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमित, ४८७ निको

काठमाडौं- नेपालमा २४ घण्टामा ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६२१ पीसीआर परीक्षणमा २४६ र ३ हजार ३२४ एन्टीजेन परीक्षणमा ३७७ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा जम्मा ४ हजार ९४५ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या ४८७ रहेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २४ रहेको छ ।

२४ घण्टामा १० हजार ९९० जनाले खोप लगाएका छन् ।