
हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाएका छन् । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज भोजपुरका महिलाहरुले पनि तीज पर्व धुमधामका साथ मनाईएकाछन् ।
भोजपुर सदरमुकाम, दिंला लगायतका ठाउँमा व्रतालु महिलाहरुले तीजकागीतमा नाचगान गरेर हर्सोल्लासका साथ मनाएकाछन् । रंगीबिरंगी बस्त्रमा सजिएका महिलाहरुको तामझाम सँग तीज मनाएकाहुन । हेर्नुहोस् तस्वीरहरु: