
भोजपुर ,१५,असोज , २०७९ भोजपुर जिल्लाको षडानन्द नगरपालिका वाड न १ मा रहेको नेपालेडाडा स्पोर्टिङ क्लबले बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा असोज १० गते देखि १४ गते सम्म आयोजना गरेको नेपालेडाडा कप ५ बर्षे रनिङ शिल्ड खुुल्ला पुरुष फुुुटबल प्रतियोगिताको उपाधी संखुवासभा जिल्लाको सभापोखरी गाउपालिकाले हात पारेको छ । षडानन्द नगरपालिका वाड न स्थित नेपालेडाडामा रहेको खेेेलमैदानमा हिजो भएको फाईनल खेेेलमा खादबारी युथ क्लब खादबारी युथ क्लबलाई १ को बिरुद्ध २ गोल गर्दै उपाधी चुुम्न सफल भएको हो ।खेेेलमा नेपालेडाडा स्पोर्टिङ क्लब नेपालेडाडा र साकेला युथ क्लब ष न पा १ नेपालेडाडा सेमिफाईनल सम्म पुगेका थिए। खेेेलमा प्रथम स्थान हासिल गर्ने सभापोखरी फुुुटबल क्लबले नगद रु ५१ हजारका साथ ११२ तोला चादिको ५ बर्षे रनिङ शिल्ड मेडल र प्रमाणपत्र दोस्रो स्थान हासिल गर्ने खादबारी युथक्लब खादबारी संखुवासभाले नगद रु ३६ हजार मेडल प्रमाणपत्र त्यसैगरी सेमिफाईनलमा प्रवेश गर्ने २ वटा क्लबहरु नेपालेडाडा स्पोर्टिङ क्लब र साकेला युथ क्लब ष न पा १ नेपालेडाडाले नगद रु १५ हजार प्राप्त गरेका छन ।प्रतियोगितामा भोजपुुुरका ९ वटा र संखुवासभाको १९ वटा गरि २८ वटा क्लबहरुले सहभागिता रहेको नेपालेडाडा स्पोर्टिङ क्लबका अध्य्यक्ष रतन राईले जानकारी दिएका छन ।