
भोजपुर- भोजपुरको घोडेटारमा ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका -५ शान्त कुमार राईको भान्सा कोठामा मध्यरातमा अचानक ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते हुँदा उपचारको क्रममा ६ वर्षीय छोरा आयुस राईको मृत्यु भएको हो ।
श्रीमती र छोरा आगलागीमा परि गम्भीर घाइते भएका थिए । उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । थप उपचारका लागि धरान घोपा क्याम्पमा लगिएकोमा बिहान छोराको मृत्यु भएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अध्यक्ष राईले बताए ।