काठमाण्डौका तीन वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गौतम, पराजुली र श्रेष्ठको जित

 

काठमाण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डौमा तीन क्षेत्रमा जितेको छ । काठमाण्डौको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी भईन । गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी एमालेका मणिराम फुँयालले ११ हजार ५५५ मत पाए । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर ९ हजार ४४९ मत ल्याईन । काठमाण्डौ–२ मा राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मतसहित तेस्रो मत पाईन ।

त्यस्तै स्वतन्त्र पार्टीबाट काठमाण्डौ–७ मा गणेश पराजुली र काठमाण्डौ–८ मा विराजभक्त श्रेष्ठ विजयी भएकाछन् । पराजुलीले ८ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८ सय मत पाए । त्यहाँ माओवादी केन्द्रकी अस्मिता मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गरिन ।

काठमाण्डौ क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएकाछन् । निकटतम् प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत तथा एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत प्राप्त गरे ।