एमाले महासचिव पोखरेल पराजित,रेखा शर्माले मारिन बाजी

रुपन्देही – नेकपा एमालेका महासचिव शंकर पोखरेल झिनो मतान्तरले पराजित भएका छन् । दाङ २ मा पोखरेललाई १९२ मतले हराउँदै माओवादीकी रेखा शर्मा विजयी भइन् ।

शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयले मतपरिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।